समिक्षा अधिकारी र कृष्ण काफ्लेले गाए ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ (भिडियो)



काठमाडौं। समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।

महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । भिडियोको कथावस्तुमा पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पैसा पाउँदा पनि मोबाइलको डाटामा सकिने, पढाइमा कम मायामा बढि ध्यान जाने लगायतका बिषय गीतमा समेटिएको छ ।

यस गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । यो गीत छायांकन गर्दा भक्तपुरको एउटा चोकको नाम नै ‘नो मनी चोक’ बनाईएको निर्देशक निरौलाले बताए । ए प्लस स्टुडियोमा रेर्कडिङ भएको गीतलाई कुसल थापाले रेर्कडिङ गरेका छन् भने साजन साहले मिक्सीङ तथा मास्टरिङ गरेका छन् । गीतको भिडियोलाई शुसिल डाँगीले छायांकन गरेका छन् भने निराजन केसीले सम्पादन गरेका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu