रणबीर-आलियाले गरे विवाह



बलीउड सुपरस्टारहरु रणबीर कपूर र आलिया भट्टले धुमधामले विवाह गरेका छन् । विवाहको मिति समेत गोप्य राखि बिहिवार विवाह गरेका हुन् । विवाह पश्चात केहि फोटोहरु सार्वजनिक भएका छन् ।

रणबीरसँग पाँच बर्षको डेटपछि आलिया भट्ट कपूर खानदानकी बुहारी बनेकी छन् । कुनै समय रणबीरलाई आफ्नो क्रश बताउने आलिया अब उनैकी पत्नी बनेकी छन् । रणबीर कपूर-आलिया भट्टको १३ अप्रिलमा मेहन्दी भएको थियो ।

रणबीर कपूर-आलिया भट्ट

१४ अप्रिलमा भएको विवाह प्राइभेट राख्नको लागि निकै कोशिस भएको थियो । वेडिंग रिसेप्सनको मिति कहिले खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu