गितारिष्टको प्रेममा रहेकी गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट



काठमाडौं। चलचित्र तथा आधुनिक गीतकी लोकप्रिय गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन् । उनले गिटारिस्ट सन्जीव बराईलीसँगको दुई बर्षदेखिको प्रेम सम्बन्धलाई वैवाहिक स्वरुप दिन लागेकी हुन् ।

मेलिनाले शुक्रवार फेसबुकमा सन्जीवसँगको एक फोटो शेयर गर्दै ‘नयाँ शुरुवात’ लेखेकी छन् । बुझिएअनुसार उनले यसैबर्ष विवाह गर्ने तयारी गरेकी छन् । सन्जीव र मेलिनाको केहि समय पहिले नै इन्गेजमेन्ट भएतापनि हालै मात्र सम्बन्धको खुलासा गरेका हुन् ।

सन्जीव चर्चित तथा व्यस्त गितारिष्ट तथा म्यूजिक कम्पोजर हुन् । झापा स्थायि घर भएका बराईली हाल काठमाडौं बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu