प्रकाशको जिन्दगी आँचललाई बन्धकी (भिडियो)



देब गहतराजको प्रस्तुतीमा ‘सानी र्‍याइँ र्‍याइँ र्‍याइँ’ बोलको गीत सार्वजनिक भएको छ । उनैको लेखन र संगीत रहेको गीतमा गायक सत्यराज आचार्य र गायिका मिलन नेवारले आवाज भरेका छन् । गीतलाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् ।

लोक शैलीमा आधारित डान्सिङ प्याटर्नको गीतको भिडियोमा चर्चित गायक तथा अभिनेता प्रकाश सपूत र चर्चित नायिका आँचल शर्माले अभिनय गरेका छन् । कोरियोग्राफर कविराज गहतराजले भिडियोको निर्देशन गरेका हुन् ।

सौरभ लामाको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेको भिडियोको रङ्ग संयोजन रेनिश फागोले गरेका छन् । भिडियोलाई सत्य-स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu