कृष्णको ‘सिंहदरबार’मा शिल्पा र रोशन (भिडियो)



काठमाडौं। ब्याक टु ब्याक गायनमा चम्किरहेका कृष्ण काफ्ले म्यूजिक भिडियो निर्देशक बनेका छन् । उनको निर्देशनमा रहेको गीत ‘सिंहदरबार झ्यालैमा ऐना’को भिडियो सार्वजनिक भएको छ ।

लोक शैलीमा रहेको यस गीतमा गायक काफ्ले र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । मोहन थापाको शब्द रचना रहेको यस गीतमा गायक काफ्लेले नै संगीत दिएका छन् । पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाका प्रयोग गरी नयाँ एरेन्जमा गीत तयार गरिएको छ । नरेन्द्र वियोगीले संगीत एरेन्ज गरेका छन् ।

भिडियोमा रोशन केसी र शिल्पा पोखरेलको अभिनय रहेको छ । भिडियोका छायाँकार सन्कल भुजेल हुन् भने शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ । यो भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu