बिक्रम र सुनिताको स्वरमा रहेको गीत ‘तिमी बिना’को भिडियो रिलीज



काठमाडौं । बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शिव सुबेदीको शब्द तथा संगीत रहेको छ ।

२०६५ सालमा आएको ‘घामजस्तो चम्किलो जुन हुदैन’ गीत पछि शिवका गीत प्रायः लोकप्रिय बनेका छन् । शिव सुबेदीको युट्युब च्यानलबाट आएको यस गीत ‘तिमी बिना हाँसेर हिड्न’का भिडियो निर्देशक बिनोद भण्डारी हुन् । भिडियोमा अनिल पौडेल र जुना गुरुङको अभिनय रहेको छ । गीतमा दुई वर्गका युवा-युवतीबीचको प्रेम, समाज र परिवारले गर्ने व्यवहार इत्यादिलाई समेटिएको छ ।

बाग्लुङ्ग जिल्लाको सुन्दर गाउँ निसिखोला गाउँपालिकामा छायांकन गरिएको भिडियोले गाउँघरको कथा देखाउँछ । नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । बिनोद बाजुरालीले गीतको एरेन्ज गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu