म्यूजिक भिडियोमा पहिलो पटक निराजन र मिरुनाको जोडी



निराजन प्रधान र मिरुना मगरले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतको भिडियोमा चियाबारीका सुन्दर दृश्यमा कैद गरिएको छ ।

राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतलाई सुमन योञ्जनले लेखेका हुन् । गायनमा राजनराजलाई दीपा लामाले साथ दिएकी छिन् । भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ ।

गीतमा कमल राईको कोरियोग्राफी छ । उत्सव दाहालले छायांकन गरेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । गीत देवीथान नामको युट्यबु च्यानलबाट आएको हो । बहुचर्चित ‘फूलबुट्टे सारी’ यही च्यानलमार्फत् सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu