‘आई ह्याव रिजन टु डाई’को अडियो संगीत रिलिज



resn-to-die

‘ब्ल्याकपल मुभिज प्राली’को व्यानरमा तयार भएको चलचित्र ‘आई ह्याव रिजन टु डाई’को अडियो गीती एल्वम सार्वजनिक गरिएको छ । चलचित्रको तर्फबाट बुधवार राजधानीमा आयोगित पहिलो ‘प्रेस भेटघाट’ कार्यक्रममा यो चलचित्रको अडियो एल्वम सार्वजनिक गरिएको हो ।

सार्वजनिक एल्वममा चार गीत समाबेश छन भने उक्त गीतमा अनुभुती गुरुङ, विकेश के. शंकर, श्रीजे थपलिया, कुन्दन थापा र विक्की श्रेष्ठको स्वर रहेको छ भने संगित प्रतिक थापाले भरेका छन । अडियो विमोचन कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई पत्रकार सान्तिप्रिय, लक्ष्मण सुवेदी लगायतले चलचित्रको टिमलाई सुभकामनाका सुभेच्छा दिएका थिए । भने गायक विकेश र विक्कीले चलचित्र भित्र समावेश केहि गीत गाएर सुनाएका थिए ।

युवा निर्देशक विक्रम थापाले निर्देशन गरेको यो चलचित्र प्रदर्शनको लागी यसअघी फागुन ३० गतेको मिती तोकिएपनि प्राबिधिक कारण देखाउँदै अन्तिममा आएर रोकिएको थियो । अब यो चलचित्रलाई आउँदो बैसाख १९ गतेबाट प्रदर्शनमा ल्याउने तयारी निर्माण युनिट तथा बितरण टिमले गरिरहेको छ ।

यो चलचित्र ‘आई ह्याव रिजन टु डाई’मा कृष्ण पराजुली, सुस्मिता ढकाल र आशिष न्यौपानेको मुख्य अभिनय रहेको छ । चलचित्र ‘आई ह्याव रिजन टु डाई’ कलेजमा अध्ययन गरिरहेका बिशेषतः प्रेममा परेका किशोरावस्थाका युवा युवतीहरुको कथालाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको निर्माण युनिटले जानकारी दिएको छ ।

अरुण लुईटेल, निना थापा र राजु महर्जनले संयुक्त लगानीमा चलचित्र तयार भएको हो । भने चलचित्रमा सह-निर्देशन नरेन्द्र वाग्लेले गरेका छन । ‘आई ह्याव रिजन टु डाई’लाई निरज श्रेष्ठ र राजेश थापाले खिचेका हुन । मन्दिप गौतमको कथामा तयार यो चलचित्रलाई करण श्रेष्ठ ‘क्रेजी’ले वितरणको जिम्मा लिएका छन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu