खाने बस्ने व्यवस्था समेत नहुँदा रेखाको फिल्म छोडेर फर्केँ: भट्टराई



rekha-shyam[dropcap]फ्लो[/dropcap]रमा रहेको रेखा थापा निर्मित तथा अभिनित चलचित्र ‘हिम्मतवाली’लाई निर्देशन गर्ने भनेर सुदुर पश्चिम पुगेर फर्केका निर्देशक श्याम भट्टराईले आफ्नो बारेमा मिडियामा गलत प्रचारबाजी भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

बुधवार एक विज्ञप्ती निकालेर निर्देशक भट्टराईले आफु अस्वस्थ भएर रेखाले काठमाडौं पठाएको भन्ने गलत कुरा बाहिर आएको बताउँदै रेखाले पठाएको नभई उनले आफुप्रती र प्रोडक्सन टिमप्रती गरेको गलत व्यवहार सहन नसकी आफु काठमाडौ फर्केको बताएका छन् । रेखाले काठमाडौँबाट सुटिङमा जाँदा गरेका सबै प्रतिवद्धता तोड्दै एकलौटी पाराले अघी बढेको तथा सुटिङ स्पटमा कसैलाई पनि खाने बस्ने व्यवस्था पनि राम्रो गर्न नसकेको, थनि काम प्रती पनि थर्क्याउने तथा धम्क्याउने जस्ता व्यवहार गरेकोले त्यो सहन नसकेर आफु काठमाडौं फर्केको बिज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

निर्देशक भट्टराई द्वारा निकालिएको तीन पेज लामो विज्ञप्तीमा अत्यन्तै अस्तव्यस्तताका साथ छायांकन शुरु गर्नुपर्दा समेत अत्यावश्यक कुनै पनि सेवा सुविधा पुरा गरिदिएको तथा १ महिना बस्नुपर्ने बस्तीमा ओढ्ने, ओछ्याउनेको व्यवस्था समेत नभएको र एउटै सिरकलाई डस्ना पनि, सिरानीपनि बनाएर बनाएर बस्नुपर्दा कलाकार प्राविधिकहरुका जिउमा घाउ- खटिरा निस्किएको भन्दै रेखाले एकदमै गैर जिम्मेवारीपना देखाएको आरोप लगाईएको छ ।

रेखा फिल्मसको “अजम्बरी नाता” देखि आजको मितिसम्म निर्माण गरेका सम्पूर्ण चलचित्रले पाएको व्यवासयिक सफलतासँगै यो नयां चलचित्र ‘हिम्मतवाली’मा काम गर्न आफु पनि उत्साहित भएर सो ठाउँमा पुगेको भएपनि अहिले आएर रेखाले देखाएको व्यवहारप्रती निकै आक्रोशित बनेका निर्देशक भट्टराईले अन्त्यमा ‘हिम्मतवाली’को सफलताको शुभकामना दिन समेत भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu