गौरी र गीताको ममता (भिडियो)



काठमाडौं। अमेरिकामा रहेर गीतसंगीतमा सक्रिय गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा सन्तोष आलेको शब्द तथा संगीत रहेको छ । यस गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री गौरी मल्ल र मोडल गीता ढुंगानालाई आमा–छोरीको भूमिकामा देखाईएको छ । साथमा, विजय राज भुर्तेल, निरिस्का स्थापितको अभिनय छ । नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ । देव धिमालले यो गीतको भिडियोलाई निर्देशन गरेका हुन् ।

एक बिरामी आमालाई छोरीले गरेको मायालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu