‘नोभेम्वर रेन’ले होली हंगामा गर्दै | सबैलाई निम्तो



holi-rain

यही चैत्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नोभेम्वर रेन’को टिमले चैत्र २ गते परेको रंगिन पर्व ‘होली’ दर्शकको साथमा मनाउने भएको छ । पहाडमा मनाईने होलीको दिन चैत्र २ र तराईमा मनाईने दिन चैत्र ३ मा यो चलचित्रको टिम मोफसलको धरान, दमक, पोखरा, हेटौंडा, नारायणगढ, धनगढी लगायतका स्थानका दर्शकसँग होली मनाउन सम्बन्धित ठाउँमा पुग्ने निर्देशक दिनेश राउतले जानकारी दिएका छन ।

काठमाडौंमा चैत्र १ गते नै होली मनाएर यो चलचित्रको कलाकार सहितको टिम मोफसलको लागी छुट्नेछ । चलचित्रको प्रचार-प्रसार पनि हुने तथा दर्शक सँगै होली पर्वको रौनकमा नजिकबाट परिचित हुन पाईने भएकोले ‘नोभेम्वर रेन’ युनिटले यो उपाए अपनाएको हो ।  आर्यन सिग्देल, नम्रता श्रेष्ठको साथमा छुल्ठीम गुरुङको प्रमुख अभिनय रहेको यो चलचित्रले प्रेमको कथा बोल्नेछ । चलचित्रका निर्माता भने सुबास गिरी हुन, उनी यो समयमा पनि मलेशियामा रहेका छन ।

‘मेरो एउटा साथी छ’को सफल जोडी आर्यन र नम्रताको यो जोडीलाई पुनः दोहोर्याएर पर्दामा देख्न पाउने भएपछी यी दुई चर्चित कलाकारका शुभचिन्तकहरु कहिले चलचित्र लाग्ला भने हौसिएका छन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu