नेपाल म्यूजिक भिडियो निर्देशक समाजको नेतृत्वमा विधान कार्की



काठमाडौं। म्यूजिक भिडियो निर्देशकहरुको छाता संस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ । शुक्रवार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पान्डे र द्वितिय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन् ।

त्यस्तै, महासचिवमा सुव्रतराज आचार्य, सचिवमा प्रकाश घिताल, कोषाध्यक्षमा वविता श्रेष्ठ र सह-कोषाध्यक्षमा डि.आर सुजन (डिल्लीराम रेग्मी) चयन भए । सदस्यहरुमा भने कृष्णदेश रुपाखेती, सुरेन्द्र बसेल, देवेन्द्र कुँवर, जनक बहादुर सिंह, लक्षु गौतम, दयाराम घिमिरे, नरेन्द्र विष्ट (गम्भीर) र देवराज आचार्य चयन भएका छन् ।

नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष र सह सचिव पदमा मनोनित गरेको छ । उपाध्यक्षमा निशान घिमिरे र सह सचिवमा समन अधिकारी मनोनित भएका हुन् । योसँगै नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति १७ जनाको भएको छ । यो कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि विधान कार्कीले अब समाजले निर्देशकहरुको हकहितका लागि लड्न कुनै कसर नछाड्ने बताए । म्यूजिक भिडियोहरुलाई व्यवस्थित गर्न, निर्देशकहरुको समस्यालाई सम्बोधन गर्न, म्यूजिक भिडियोको प्रवद्र्धन, विकास एवं विस्तारका लागि नयाँ सोच र योजना अनुसार समाज अगाडि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu