‘सुन सानो कथा’ गीतमा आर्यन र रोजीको जोडी



काठमाडौँ । गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा ‘सुन सानो कथा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ ।

जनकदीप पराजुलीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र मोडल रोजी पन्त फिचर छन् । मोडल रोजी पन्तले यसअघि केहि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने उनी अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा छ ।

एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोका क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप हुन् । अमर रसाइलीको कन्सेप्टमा बनेको भिडियोको मेकिङ्ग भ्यालु हाइ देखिएको छ । निर्देशक जनकदीप र आर्यन सिग्देलले १८ बर्षपछिसँगै काम गरेका हुन् ।

भिडियोको निर्माता सरस्वती गौतम,सृजना ल्वागुन र भिमराज रसाइली रहेका छन् । अमर रसाइली प्रस्तुतकर्ता रहेको भिडियोमा मायाप्रेममा बिछोडको कथालाई देखाईएको छ । सागर प्रधानले छायांकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् । गीत अनुसार, भिडियो उत्कृष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu