‘एउटा सपना छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णकी नातिनी बनिन् आँचल



गायक पुष्पन प्रधानको आवाजमा रहेको चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । यो गीतको पुरुष र महिला भर्सन हिट भइसकेको छ । क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा मदनकृष्णका साथै आँचल शर्माले अभिनय गरेका छन् । भिडियोमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाँइको छायांकन र सम्पादन छ ।

हरिको क्रियटिभ हेट्सले कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरेको हो । गीत सार्वजनिक कार्यक्रममा कलाकार श्रेष्ठले जन्मदिनको केक पनि काटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu