प्रेमको समयमा आउने उतार चढावको ‘कैफियत’ बन्दै



nandita-kc-kaifiyat

[dropcap][/dropcap]म दक्षिणकाली फिल्मसको व्यानरमा नेपाली चलचित्र ‘कैफियत’ बन्ने भएको छ । यो चलचित्रको विहिवार राजधानीमा शुभ मुहर्त गरियो । चलचित्रलाई दशरथ गिरीले निर्देशन गर्दैछन् ।  चिन्तामणी बराल र धन देवकोटाले संयुक्त लगानिमा निर्माण गर्न लागेको यो चलचित्र औपचारिक रुपमा भने चैत्र ६ गतेबाट मात्रै फ्लोरमा जानेछ ।

kishan-and-nandita-kaifiyat

पोखरा र काठमाडौंका बिभिन्न ठाउँका दृश्यहरु समावेश हुने यो चलचित्रमा मिथिला शर्मा, नविन श्रेष्ठ, नन्दिता केसी, किशन सुनार, सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको अभिनय रहने छ । सञ्चारकर्मी माधव शर्माले लेखेको कथामा तयार हुन लागेको ‘कैफियत’मा द्वन्द्व निर्देशन अष्ट महर्जनले गर्दैछन् भने निर्माण नियन्त्रक प्रकाश महतरा र प्रकाश हमाल रहेका छन् ।

dashsath-giri-kaifiyat

बिहिवार बिहान नै राजधानीको एक मन्दिरमा शुभ साईत निकालेर मुहर्त गरिएको यो चलचित्रको प्रचार प्रसारको लागी मात्रै भनेर चलचित्रको निर्माण युनिटले दिउँसो एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरेको थियो ।  यो चलचित्र ‘कैफियत’ले प्रेमको समयमा आउने उतार चढावको समयला छिटफुट कुराहरुदेखी गहिराईसम्मको कहानीलाई समेट्ने निर्माण युनिटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu