पुष्प र सुधिरको मन उषा र प्रियनाले बिगारे



गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार उपाध्यायले वल्र्ड रेकर्डमा विभिन्न कृतीको माध्यमबाट नाम लेखाइसकेका छन् ।

प्रताप दास र रचना रिमालको स्वरमा समावेश यो गीतमा बाबुल गिरीको संगीत छ । बाबुलले यो गीतलाई डान्सिङ बिटमा तयार पारेका छन् । गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको डान्स हेर्न सकिन्छ ।

दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका २ पुरुषले स्त्री जातैले मन विगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ । माइकल चन्दले भिडियोलाई आकर्षक बनाएका छन् । भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu