अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्क हेडक्वार्टर नेपालमा ल्याउन छलफल



गुरुग्राम, भारत ।
कला तथा सँस्कृतिको क्षेत्रमा काम गर्ने संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्क स्तरिय सचिवालय नेपालमा ल्याउन छलफल शुरु भएको छ । भारतको गुरुग्राममा भएको एक सम्मेलनमा अतिथी बनेर पुगेका नेशनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीहरुले अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका सेक्रेटरी जनरल रमेश प्रसन्नासँग छलफल शुरु गरेका हुन् ।

भारतको पहिलो राष्ट्रस्तरिय सम्मेलनमा अतिथीको रुपमा नेपालबाट काउन्सिलका अध्यक्ष श्रीदेब बिएल, उपाध्यक्ष जीवन पराजुली र सचिव सुर्य बहादुर राष्कोटी गुरुग्राम पुगेका थिए । सम्मेलनमा भारतको नेशनल काउन्सिल तथा २९ वटै राज्यका काउन्सिलका पदाधिकारीहरुको उपस्थिती थियो । नेपालमा सार्क स्तरिय सचिवालय स्थापना गर्न सेक्रेटरी जनरल प्रसन्ना सकारात्मक देखिएको अध्यक्ष बिएलले बताए । ‘हामीले नेपालमा नै सार्क स्तरिय सचिवालय स्थापनामा जोड दिएका छौं, बर्लिनको मुख्यालय सकारात्मक छ । आशा छ छिट्टै नै हाम्रो उक्त उद्देश्य पुरा हुनेछ’, अध्यक्ष बिएलले बताए । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका अध्यक्ष तथा संस्थापक क्रिस्चियन बी कर्स्च पनि यस बिषयमा सकारात्मक रहेको उनले बताए ।

कला र सँस्कृतिको माध्यमबाट मानव जातिहरू बीच शान्ति र सद्भावको पहल गर्न डेल्फिक काउन्सिलले बिश्वस्तरिय विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने गर्दछ, जसलाई डेल्फिक गेम भनिन्छ । डेल्फिक गेममा अभिनय, संगीत, चित्रकला, वास्तुकला, मूर्तिकला, साहित्य आदि पर्छन् । सन् २०२३ मा भारतमा राष्ट्रव्यापि डेल्फिक गेमको आयोजना हुँदैछ । जसको लागि गुरुग्राममा अप्रिल ३० र मे १ मा राष्ट्रस्तरिय सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा नेपालको तर्फबाट भारतका स्टेट काउन्सिलरहरुलाई नेपाली ढाका टोपी लगाई सम्मान गरिएको थियो । भारतको तर्फबाट नेपालका प्रतिनिधिहरु सहितको टोलीबाट उद्घाटन गरी डेल्फिकको ब्याच लोगो प्रदान गरिएको थियो । सम्मेलनको बीचमा नै अतिथिहरुको लागि रात्रिभोजको आयोजना समेत गरिएको थियो ।

केहि समयपश्चात नेपालमा काउन्सिलको अन्तराष्ट्रिय सम्मेलनको आयोजना हुने तयारी भईरहेको नेपालका अध्यक्ष बिएलले बताए । १ सय ४७ देशमा स्थापित अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको मुख्यालय जर्मनीको बर्लिनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu