शहरको अपराधलाई ‘फिटकिरी’ घोलेर पखाल्ने योजना



fitkiree1

[dropcap]चै[/dropcap]त्र सात गते देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘फिटकिरी’ले बिहिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रबारे जानकारी दिएको छ। शहरभित्रको अपराधलाई मुख्य बिषय बनाएर निर्मित सो चलचित्रले ‘यूनिभर्सल’ प्रमाणपत्र पाईसकेको छ। अब ‘फिटकिरी’लाई सवै उमेर समूहका दर्शकले निर्भिक हेर्न पाउनेछन्।

जापान लगाएतका अन्य केहि मुलुकमा ‘फिटकिरी’ले आफ्नो प्रदर्शनको टुंगो लगाईसकेको यो पत्रकार सम्मेलनमा बताईयो। रिलिज अगावै डिमाण्डेड बनेको भन्दै निर्माता सुमित मैनालीले आफ्नै हस्ताक्षरमा जापानमा सहमती गरेर हालै नेपाल फर्केको जानकारी दिए साथै अन्य केहि मुलुकमा समेत चलचित्र प्रदर्शनको पक्कापक्की भईसककेो उनले बताए। यो चलचित्रलाई सुमित र अर्जुन कुमारले बनाएका हुन्।

fitkiree2

शुटिङ् सेटमा भएका झै-झगडा कामको सिलसिलामा भएका सामान्य कुरा भएकोले यस्तो हुनु स्वभाविक भएको निर्देशक अनुप बरालले स्पष्ट पारे। राम्रो काम जसले गर्छ सामान्य वादविवाद हुनु उसका लागि स्वभाविक रहेको बरालको तर्क थियो। पत्रकार सम्मेलनमा चलचित्र छायांकन बेलाका रमाईला कुराहरु गरिएको थियो। चलचित्रबारे थप जानकारी दिँदै निर्देशक बरालले शहरमा हुने आपराधिक क्रियाकलापलाई फिटकिरी घोलेर पखाले जस्तै पखाल्नुपर्ने सन्देश यो चलचित्रले दिने बताए।

पोष्टरमा राखिएको गाईको दृश्यबारे पत्रकारको जिज्ञासामा निर्देशक बरालले गाई चलचित्रको एउटा महत्वपूर्ण पात्र भएको जनाउँदै सबै कुरा पहिले नै भन्दा खल्लो हुने भएकोले चलचित्र हेरेपछि नै स्पष्ट हुने बताए। पत्रकार सम्मेलनमा नायक सौगात मल्ल सहित कलाकार निश्चल बस्नेत उपस्थित थिए। नायिकाद्वय दिया मास्के र शान्ती गुरुङ् भने उपस्थित थिएनन्।

कार्यक्रममा होली बिशेष कार्यक्रम पनि गरिएको थियो। होली खेल्दै चलचित्र युनिटले सञ्चारकर्मीलाई होलीको टिका लगाईदिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu