जबर्जस्त छ अक्षय कुमारको ‘पृथ्वीराज’ ट्रेलर



चन्द्रप्रकाश द्व‍िवेदीको निर्देशनमा बनेको चलचित्र ‘पृथ्वीराज’ को ट्रेलर सार्वजनिक भएको छ । यो ऐतिह‍ासिक वार ड्रामाको ट्रेलरमा पृथ्वीराज-मोहम्मद गोरीबीचको लडाइँ र पृथ्वीराज-संयोग‍िताबीचको प्रेमलाई प्राथमिकता दिइएको छ । युद्धका दृश्यले भरिएको ट्रेलरले ‘बाहुबली’को झल्को दिन्छ ।

पृथ्वीराज चौहानको जिन्दगीमा आधारित भएर निर्माण भएको चलचित्रमा उनको जीवनको दुईवटा पाटोलाई देखाइएको छ । एउटा पाटोमा युद्धको मैदानमा उनको मोहम्मद गोरीसँगको लडाइँ र अर्को पाटोमा पृथ्वीराजको अमर प्रेमलाई प्रस्तुत गरिएको छ । ३ जुनबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई यशराज फिल्मस्ले निर्माण गरेको हो ।

चलचित्रमा अक्षय कुमार पृथ्वीराज चौहानको चरित्रमा छन् भने सञ्जय दत्त काका कान्हा, सोनू सूद चन्द वरदाई, मानुषी छ‍िल्लर संयोग‍िता र मानव विजले मोहम्मद गोरीको चरित्र निर्वाह गरेका छन् । चलचित्रमा आशुतोष राणा, साक्षी तंवरको पनि मुख्य भूमिका छ । यही चलचित्रबाट पूर्व मिस वर्ल्ड मानुषीले बलिउडमा डेब्यू गरेकी हुुन् ।

सोमवार मुम्बईमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा अक्षयले भनेका छन्, ‘मलाई इन्डस्ट्रीमा आएको ३० वर्ष भइसकेको छ । यो अवधिमा मैले यति ठूलो ऐतिहासिक चलचित्र गरेको थिइनँ । यति ठूलो रोलमा मैले काम गर्न पाउनु गर्वको कुरा हो । मैले मेरो जीवन सफल भएको महशुस गरेको छु ।’ ट्रेलरमा उनको अभिनय जबर्जस्त देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu