सुनील मानन्धरले नेपाल भित्राए ‘जयेशभाई जोरदार’



नेपाली चलचित्रका पुराना वितरक तथा निर्माता सुनील मानन्धरले अभिनेता रणवीर सिंह अभिनीत बलिउड चलचित्र ‘जयेशभाई जोरदार’को नेपाल प्रदर्शन अधिकार लिएका छन् । यो चलचित्र भारतसहित संसारभर शुक्रवारबाट प्रदर्शनमा आउने भए पनि नेपालमा स्थानीय तहको निर्वाचनका कारण शुक्रवार हलहरु बन्द हुने भएकाले शनिवारबाट मात्र प्रदर्शनमा आउनेछ ।

कोरोना महामारीपछि बलिउड चलचित्रले नेपालमा राम्रो व्यापार नगरी रहेको बेला ‘जयेशभाई जोरदार’को कन्टेन्ट र रणबीरको क्रेजले नेपालमा व्यापार राम्रो हुने वितरक मानन्धरको विश्वास छ । उनले यो चलचित्रलाई ट्याक्ससहित २१ लाख भारु (नेपाली ३३ लाख ७१ हजार) मा नेपाल ल्याएका हुन् । आगामी दिनमा यशराज फिल्मस्को अन्य चलचित्र पनि आफूले पाउने उनले बताए ।

यशराज फिल्मस्ले निर्माण र दिव्यांग ठक्करले निर्देशन गरेको चलचित्रमा रणवीर सिंह, शालनी पाण्डे, बमन इरानी, रत्ना पाठक शाहलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रले स्त्रिलिंगी भ्रूण हत्याको विरोधमा आवाज उठाएको छ । अभिनेता रणवीर सिंहले मंगलवार एक भिडियो सन्देश जारी गर्दै नेपाली दर्शकलाई सिनेमा हलमा गएर चलचित्र हेर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu