विवाहको २४ वर्षपछि सोहेल र सीमा अलग !



बलिउड अभिनेता अरबाज खानपछि उनका भाई तथा अभिनेता सोहेल खानको पनि डिभोर्स हुने भएको छ । उनले श्रीमती सीमा खानसँग विवाहको २४ वर्षपछि अलग हुने निर्णय गरेका हुन् । शुक्रवार उनीहरु मुम्बईको फेमिली कोर्टमा एकसाथ देखिएका थिए । कोर्टमा डिभोर्सको फाइल दर्ता गरेपछि उनीहरु आ-आफ्नो गाडीमा चढेर घर निस्किएको भारतीय मिडियाले बताएका छन् ।

यद्यपि, सोहेल र सीमाले डिभोर्सको विषयमा आधिकारिक भनाई सार्वजनिक गरिसकेका छैनन् । तर, उनीहरुबीच केही समयदेखि खासै राम्रो सम्बन्ध नभएको बताइन्छ । सोहेल र सीमाले सन् १९९८ मा भागी विवाह गरेका थिए । सीमा दिल्लीवासी हुन् भने फेसन डिजाइनमा करिअर बनाउने सपना बोकेर उनी मुम्बईमा आएकी थिइन् । त्यसै क्रममा सोहेलसँग उनको चिनजान भएको थियो ।

सोहेलका अनुसार, उनलाई सीमासँग पहिलो भेटमै प्रेम भएको थियो । तर, सीमाको परिवार सोहेलसँगको सम्बन्ध स्वीकार गर्न तयार नभएपछि उनीहरुले भागी विवाह गरेका थिए । सोहेलको फिल्म ‘प्यार किया तो डरना क्या’ जुन दिन रिलिज भएको थियो, त्यही दिन उनले मुम्बईको मन्दिरमा सीमासँग बिहे गरेका थिए । यो जोडीको दुई छोरा छन्, निर्वाण खान र योहान खान ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu