स्टार किड्सका कारण बलिउड चलचित्र नचलेको हो : कंगना



बलिउड अभिनेत्री कंगना रनावटले एकपटक फेरि स्टार किड्समाथि निशाना साधेकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा उनले स्टार किड्सका कारण बाहिरी व्यक्ति (आउडसाइडर) अवसरबाट बञ्चित हुने गरेको बताएकी छन् । उनले पछिल्लो समय बलिउड चलचित्र चल्न छाड्नुको कारण स्टार किड्स रहेको समेत तर्क राखेकी छन् ।

उनले भनेकी छन्, ‘बलिउड चलचित्र यसकारण चलिरहेका छैनन् कि आम दर्शकले स्टार किड्ससँग आफूलाई रिलेट नै गर्न सक्दैनन् । यही कारण हिन्दी चलचित्र साउथ चलचित्रसँग नराम्रोसँग हारिरहेको छ ।’ बलिउडका स्टार किड्स उसिनेको अण्डा जस्तो देखिने गरेको समेत उनको टिप्पणी छ ।

‘स्टार किड्स पढ्नका लागि विदेश जान्छन् । त्यहाँ अंग्रेजीमा बोल्छन् र हलिउड चलचित्र हेर्छन् । उनीहरु चक्कु र काँटाबाट खान्छन् अनि अलग तरिकाले बोल्छन् । त्यस्ता स्टार किड्स दर्शकसँग कसरी जोडिन सक्छन् ? उनीहरु त उसिनेको अण्डा जस्तो देखिन्छन्,’ कंगनाले भनेकी छन् । बलिउड चलचित्र देश र जनतासँग जोडिन नसकेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu