यो साताः रिलिज पछि मात्र नाम सुनिएका दुई चलचित्र



फ्राईडे रिलिज आन्तर्गत यो हप्ताको लागी गुपचुप रुपमै दुई चलचित्र प्रदर्शनमा आएका छन् । यी चलचित्र हुन ‘चियर्स’ र ‘ब्रह्मा’ । कुनै प्रचार-प्रसारबिना नै यी दुई चलचित्र हलमा आएका हुन् ।

cheers

कमेडी भनिएको चलचित्र ‘चियर्स’ पवन गौतमको निर्देशनमा तयार भएको चलचित्र हो । यो चलचित्रमा महिमा सिलवाल, भूपेन चन्द, पुष्कर जंग थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रलाई भने सरोज खत्रीले निर्माण गरेका हुन् । दिपक बाँनियाको छायांकन छ ।

barhma

त्यस्तै, ‘चियर्स’सँगै प्रदर्शनमा आएको चलचित्र ‘ब्रम्हा’ ऋषी न्यौपानेको निर्देशनमा तयार भएको चलचित्र हो । यो चलचित्रलाई सिजे पाण्डे र भूपेन बस्न्यातले लगानी गरेका छन । चलचित्रमा निर्मल सेन्चुरी र रागिनी खड्गीको मुख्य अभिनय रहेको छ । यो चलचित्रलाई एक्सन प्रधान चलचित्रको रुपमा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu