स्वरुपराजको ‘खोजी हिँडे’ गीत सार्वजनिक



बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरेर निर्माण भएको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘खोजी हिँडे’ गीतमा बिष्णु तामाङको संगीत, गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको छ । गीतकार भामा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् ।

दिनेश पराजुलिले छायांकन गरेको भिडियोलाई उत्तर राना मगरले सम्पादन गरेका हुन् । भिडियोमा डा.प्रमोद शर्मा, अमृता श्रेष्ठ र खेमनाथ खनालको अभिनय छ । भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन् । दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युटुब च्यानालमार्फते सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu