‘जोर धाराको पानी’ गीतमा पुष्प र जुना



गायक कृष्ण देवकोटा र गायिका शान्ती श्री परियारको स्वरमा ‘जोर धाराको पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण देवकोटाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास गायक देवकोटाको छ ।

यो गीतको भिडियोलाई मौसमी हिमालीले निर्देशन गरेका हुन् । मौसमले भिडियोलाई गीतको मर्म अनुसार नै पर्दामा उतारेका छन् । मौसमको निर्देशकिय क्षमता समेत भिडियोमा देखिएको छ ।

भिडियोमा नायक पुष्प खड्का र मोडल जुना सुन्दासले नृत्य गरेका छन् । दुबै जनाको जोडी पनि गज्जबले जमेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu