आमिर खानको ‘लाल सिंह चड्ढा’ ट्रेलर रिलिज



अभिनेता आमिर खान र अभिनेत्री करीना कपूरको मुख्य भूमिका रहेको प्रतिक्षीत चलचित्र ‘लाल सिंह चड्ढा’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार साँझ आइपिएलको मञ्चमा सार्वजनिक गरिएको ट्रेलरमा आमिरलाई भिन्न भिन्न अवतारमा देख्न सकिन्छ । ट्रेलरमा उनको बाल्यकालदेखि वयस्कसम्मको यात्रालाई देखाइएको छ । उनी कहिले सिख लुकमा त कहिले आर्मीको गेटअपमा देखिएका छन् ।

ट्रेलरमा करीना र आमिरबीचको मित्रता र प्रेमलाई पनि व्यक्त गरिएको छ । अद्वैत चन्दनको निर्देशनमा बनेको चलचित्रमा नागा चैतन्य र मोना सिंहको पनि मुख्य भूमिका छ । चलचित्रमा मोनाले आमिरकी आमाको भूमिका निर्वाह गरेकी छन् । साउथ सुपरस्टार नागालाई ट्रेलरमा आर्मीको भूमिकामा देख्न सकिन्छ । उनले अभिनय गरेको यो पहिलो बलिउड चलचित्र हो ।

चलचित्रलाई भारतको सयभन्दा बढी स्थानमा छायांकन गरिएको छ । ११ अगस्ट, २०२२ मा रिलिज हुने चलचित्रलाई आमिर खान र उनी पूर्व श्रीमती किरण रावले मिलेर निर्माण गरेका हुन् । ‘लाल सिंह चड्ढा’ हलिउडको सुपरहिट चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो, जसमा टम ह्याङ्क्स मुख्य भूमिकामा थिए । यो चलचित्र प्रदर्शनपछि आमिर अमिनयबाट टाढा हुने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu