सर्‍यो ‘नोभेम्वर रेन’ | बैशाख १२ मा रिलिज हुने



rain

यहि चैत्र १४ गतेबाट प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरेको चलचित्र ‘नोभेम्वर रेन’को प्रदर्शन मिती अन्ततः पछी धकेलिएको छ । चलचित्रको पोष्टप्रोडक्सनको काम नसकिएको सहितका बिभिन्न कारण देखाउँदै यो चलचित्रको रिलिज पछी सारिएको हो । अब यो चलचित्र बैसाख को १२ गते मात्रै प्रदर्शनमा आउने बताईएको छ ।

बैसाख १२ गतेको लागी यसअघी नै चलचित्र ‘कबड्डी’ र ‘मेरो बेष्ट फ्रेन्ड’ले रिलिजको मिती तोकिसकेका छन । त्यसले मिती सार्दैमा पनि यो चलचित्रको प्रदर्शनपछीको यात्रा सहज नहुन सक्छ । चलचित्रको ‘रिलिज डेट’ सार्नुको पछाडी जे कारण भएपनि बाहिर मिडियामा पोष्टप्रोडक्सनको काम नसकिएकोले भन्ने मात्र कारण देखाईने नेपाली चलचित्रकर्मीहरुको पुरानो नियती नै हो । तर नोभेम्वर रेन सर्नुको पछाडी यो सँगै प्रचार-प्रसारको काम सोचेअनुसार नभएको तथा आफ्ना ‘तार्गेटेड दर्शक’हरु सम्म चलचित्रको जानकारी प्रयाप्त रुपमा नापुगेकोले प्रदर्शनको मिती सारिएको निर्देशक दिनेश राउत बताउँछन् ।

तर यी दुई कारणको पछाडी निर्माता सुबास गिरी मलेशियाबाट नेपाल नफर्किनु अनि केहि समय अगाडी मलेशियामा सम्पन्न ‘नेफ्टा अवार्ड’ पछीको खटपटी कायम रहनु पनि अर्को कारण हो । कुनै चलचित्रको मुख्य लगानीकर्ताको कारण दर्शकले अपेक्षा गरिएको चलचित्रमा पनि प्रभाव पर्न सक्छ । अब भने नेपालमा बिभिन्न कुरा देखाउँदै लगाईएका अनेकन आरोप खण्डन गर्न तथा चलचित्रको प्रचार-प्रसारमा जुट्नको लागी गिरी केहि दिन पछी नेपाल आउने तयारीमा रहेका छन । स्रोतका अनुसार चैत्र ७ गते निर्माता गिरी नेपाल आउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu