श्याम भट्टराई भन्छन् ‘अब म बोल्दिन’



shyam[dropcap][/dropcap]लचित्रको खवरमार्फत पछिल्लो समय मिडियामाझ चर्चामा रहेको बिषय हो, नायिका रेखा थापा र निर्देशक श्याम भट्टराईबीचको द्वन्द्व अनि आरोप प्रत्यारोप । केहि दिन पहिले फ्लोरमा रहेको चलचित्र ‘हिम्मतवाली’को सुटिङ सेट छाडेर काठमाडौ आएका निर्देशन श्याम भट्टराईले आफै निर्मात्री रहेको चलचित्र भएपनि स्पट ब्वाई देखी कसैलाई पनि सामान्य रुपमा खाना बस्नको समेत व्यवस्था नगरेको तथा एउटा नायिका तथा निर्माताले गर्नुपर्ने व्यवहार नगरेको लगायतका बिभिन्न आरोप सहितको विज्ञप्ती निकालेको केहि दिनमा नै रेखाले एक मिडियामार्फत निर्देशक भट्टराईको गलत व्यवहार देखेर लात हानेर नै सेटबाट निकालेको प्रतिक्रिया दिएपछी यो बिषय झनै चर्चामा आएको छ ।

रेखाले आफुले विश्वास गरेको मान्छेबाट नसोचेको व्यवहार बाहिर आएको भन्दै आफुले सेटबाट आउट गरेको बताईरहँदा निर्देशक भट्टराई भने रेखाको व्यवहार सहन नसकेर तथा ‘स्पट व्वाई’ देखी, ‘प्रोडक्सन मेन’सम्मलाई तथा निर्देशक देखी सह निर्देशक सम्मलाई गरेको व्यवहार सँगै सेटमा देखाएको रबैया सहन नसकेर आफुले सेट नै छाडेर काठमाडौं फर्केको बताएका छन् ।

श्याम कुनै चलचित्रको निर्देशक मात्र भन्दा पनि समग्र निर्देशकहरुको छाता संगठन ‘चलचित्र निर्देशक समाज’को सचिव समेत हुन् । त्यसैले रेखाले जे जस्तो व्यवहार गरेको भएपनि र श्यामले नै यदी गलत काम गरेको भए पनि यो बिषय अब निर्देशक समाजसम्म पुगेको छ। समाजका अध्यक्ष दिनेश डिसी विदेशमा रहेको तथा उपाध्यक्ष समेत उपत्यका बाहिर भएकोले औपचारिक रुपमा यो बिषय समाजमा छलफलमा जान सकेको छैन । स्रोतका अनुसार उपाध्यक्ष केसी काठमाडौं आएसँगै आईतवार समाजको बैठक बनेर यो विषय लाई औपचारिक छलफलमा लैजाने तयारी भईरहेको छ ।

यो बिययमा निर्देशक तथा समाजका सचिव भट्टराई अब रेखाले भावावेग र आक्रोशमा आएर जे प्रतिक्रिया दिए पनि आफु पुनः त्यसको उत्तर दिने पक्षमा नलागी यो बिषय छलफलमा लैजाने तयारीमा रहेको बताए । ‘मैले गलत काम गरेको भए आफुमाथी लगाएका सबै आरोपको प्रमाण जुटाउन रेखालाई निर्देशक भट्टराईले चुनौती दिएका छन्।

कुनै चलचित्र निर्माण हुँदै गर्दा या फ्लोरमा हुँदा पनि त्यो सृजना निर्देशकको हुन्छ । त्यसैले निर्माता तथा कुनै कलाकारले चाहेर मात्रै निर्देशकलाई सेटबाट हटाउन नमिल्न सक्छ । यो बिषयमा औपचारिक रुपमा निर्माता संघ या निर्देशक समाजको धारणा बाहिर आएको छैन । यदी यही रुपमा आरोप प्रत्यारोप हुँदै गईरहने हो भने पक्का पनि यो बिषय चलचित्रसँग जोडिएका धेरै संस्थाको बैठकमा प्रवेश हुनेछ ।

अर्को पाटोबाट हेर्दा रेखा थापा र श्याम भट्टराई बीच पक्का पनि सानो कुराले खटपटी नआएको हुन सक्छ किनकी पुरानो ईतिहास हेर्दा रेखा र श्याम निकै नजिक देखिएका पात्र हुन। रेखा बहिनी तथा श्याम दाईको नाता निकै नै प्रगाण देखिएको सर्वविदितै थियो, ‘च्यालेन्ज’ र ‘लंका’ चलचित्रमा हिरोईन बनाएका निर्देशक श्याम र नायिका रेखा पछिल्लो समय रेखा थापाको राउटे बस्ती घुमघामको समयमा समेत सँगै देखीएका थिए । त्यसैले यी दुई बीचको छटपटीको पछाडी पक्का केहि न केहि पाटो हुन सक्छ यो कुरा केहि दिनमा नै पक्का बाहिर आउने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu