‘जी बब’ले ल्याए ‘फाइनल्ली भेटियो’ गीत



यूवापूस्ताका चर्चित र्यापर जी बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको टेन एक्स क्लबमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोलाई निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् । भिडियोमा नायिका सारा सिर्पाली र मोडल डेलविसले अभिनय गरेका छन् । अपहरणमा परेका जी बबलाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको भिडियोमा देखाइएको छ ।

ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको यो भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । भिडियोलाई सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu