राजेश हमालले काटे १८औं जन्मदिनको केक



अभिनेता राजेश हमाल बिहीवारबाट ५८ वर्षमा लागेका छन् । तर, बिहीवार साँझ उनी अभिनीत नयाँ गीत गुन्द्रुक तिउन’ सार्वजनिक कार्यक्रममा उनले १८औं जन्मदिनको केक काटे । भक्तपुरको ससुराली रेष्टुरेन्टमा आयोजित कार्यक्रममा रेष्टुरेन्टको तर्फबाट पोस्टरमा हमालको १८औं जन्मदिन भनेर लेखिएको थियो ।

त्यसै प्रसंगमा सञ्चारकर्मिलको तपाईको कतिऔं जन्मदिन भनेर सोधेको प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ बर्ष पुगेको थिएँ त्यो समयदेखी उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’ शुक्रवार हमालले बिहीवार विभिन्न ठाउँमा बर्थडे सेलिब्रेट गरेका तस्विर तथा भिडियोहरु फेसबुकमा पोस्ट गर्दै ‘२१ वर्ष पनि पुगियो’ भनेर लेखेका छन् ।

गुन्द्रुक तिउन’मा राजु परियार र करुणा राईको स्वर रहेको छ भने शब्द र संगीत गोविन्द पराजुलीको छ । यस्तै, गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गरेकी छिन् । गीतमा लगानी पनि करुणाकै रहेको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेयले गरेका हुन् । गायिका करुणाले आफूले ‘गुन्द्रुक तिउन’सहित अभिनेता हमालसँग तीनवटा भिडियो काम गर्न पाएको बताइन् ।

यस्तै, भिडियोका निर्देशक देवेन्द्र पाण्डेयले सधैं बौद्धिक, सालिन भएरै सबैको मन जित्नुभएका राजेश हमालसँग आफूले यसअघि पनि धेरै कामसँगै गर्न पाएको भन्दै हमालको कामलाई लिएर सम्मान ब्यक्त गरे । कार्यक्रममा शुभकामना दिनका लागि कलाकार उत्तम केसी (चुँईचुँई पारेर) पनि पुगेका थिए । उत्तमले जन्मदिनको शुभकामना दिँदै आफूले अभिनेता हमालसँग थुप्रै चलचित्रमा काम गर्ने मौका पाएको बताए । सार्वजनिक गीतको भिडियो रामकृष्ण चौलागाईले खिचेका हुन् भने स्टोरी देवा पौडेलको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu