सलमान खानलाई गोली हान्ने प्रयास असफल



ग्याङस्टर लरेन्स बिस्नोइले बलिउड सुपरस्टार सलमान खानलाई मार्नका लागि सार्पसुटर पठाएको खुलासा भएको छ । भारतीय मिडियाका अनुसार, लरेन्सले सलमानलाई मार्न सार्पसुटर संपत नेहरालाई खटाएका थिए । संपत मुम्बई आएर केही समय सलमान बस्ने अपार्टमेन्टको गतिविधि निहाले र एकदिन उनले सलमानमाथि गोली चलाउने निधो गरे ।

तर, उनीसँग जुन पेस्तोल थियो त्यसले लामो दूरीसम्म निशाना लाग्दैन थियो । त्यसमाथि सलमान सधैंजसो बडिगार्डको घेराभित्र रहने भएकाले उनी अन्तिम समयमा गोली हान्ने निर्णयबाट पछाडि हटेको बलिउड भाष्करमा उल्लेख छ । संपतले दोस्रो पटक पनि सलमान खानमाथि गोली हान्ने योजना बनाएका थिए ।

दोस्रो पटक सलमानमाथि गोली प्रहार गर्न उनले दिनेश फौजीको माध्यमबाट आरके स्प्रिंग राइफल मगाए । यो राइफल लरेन्सले ३/४ लाखमा किनेका थिए तर, जब राइफल दिनेशसँग थियो तब उसलाई पुलिसले समात्यो । चलचित्र ‘रेडी’को छायांकनको बेला पनि लरेन्सले सलमानमाथि गोली हान्ने प्लान बनाएका थिए तर, त्यसबेला उनी सफल भएनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu