‘को छर मेरो’ गीतमा लक्ष्मी र जीवन (भिडियो)



काठमाडौं । नेपाली चलचित्र तथा म्युजीक भिडियोका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘को छर मेरो’ बोलको गीतमा लक्ष्मी र जीवनमो माया प्रेमलाई देख्न सकिन्छ ।

गीतमा रजनी राईको स्वर रहेको छ भने भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको संगीत रहेको छ । गीतको भिडियोलाई लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन् ।

भिडियोलाई लिएर लक्ष्मी र जीवनले दर्शकबाट साथ पाउने अपेक्षा लिएका छन् । उनीहरुले यसअघि गरेका काम जस्तै गरी दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास राखे । भिडियो लक्ष्मी बर्देवाकै युटयुव च्यानलबाट अपलोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu