‘क्यारेक्टर’ नपाउने भएपछि छुल्ठिमले फिल्म नखेल्ने



chulthim-gurung[dropcap]नो[/dropcap]भेम्वर रेन नायिका छुल्ठिम गुरुङले यो चलचित्र नै आफ्नो पहिलो तथा अन्तिम चलचित्र बएको बताएकी छिन् । शनिवार चलचित्रको निर्माण टिमले आयोजना गरेको पत्रकार भेटघाट तथा ‘होली पर्व’ विशेष कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको क्रममा बोल्दै छुल्ठिमले यस्तो कुरा बताईन् ।

‘नोभेम्वर रेन’ चलचित्र नै मेरो पहिलो तथा अन्तिम हो’, उनले भनिन् यो चलचित्रको जस्तो ‘क्यारेक्टर’ मैले सायद अब पाउँदिन होला त्यसैले यो चलचित्रको ‘क्यारेक्टर’ बाहेकको अन्य भुमिकमा मलाई अभिनय गर्न मन छैन ।

नेपाली चलचित्रलाई सधैं माया गरिरहने बताउने छुल्ठिमले म्युजिक भिडियोहरुला तथा रेडियो टेलिभिजनमा आप्नो उपस्थिती भने नहराउने बताईन् ।

उनले यो चलचित्रमा आफुले हर-तरहबाट राम्रो भन्दा पनि राम्रो काम गर्नै प्रयास गरेको अनि सबै पात्रहरुले राम्रो काम गरेकोले चलचित्र पनि उत्कृष्ट बनेको भन्दै चलचित्र हेरेर आफ्नो अभिनयमा प्रतिक्रिया दिन समेत आग्रह गरिन् ।

चलचित्र सुटिंगको दौरानमा केहि खटपटी आएको कुरा थियो भन्ने कुराको उत्तरमा छुल्ठिमले भनिन् ‘एउटै वेडमा सुतेपछी लात त लागी हाल्छ नी’ !

एउटै परिवारको सदस्य भएपछी छोराछोरीले बाबु आमाको कुरा मान्नै पर्ने जस्तो तर्क गर्दै निर्देशकको कमाण्डमा आफुहरुले काम गरेको र त्यस्तो नराम्रो केहि नभएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu