बाह्र बर्षअघि गम्भिर घाईते बनेका पवन मैनाली बने राजा



pawan-mainali

[dropcap]बा[/dropcap]ह्र बर्ष अघि बारा जिल्लाको निजगढमा भएको मोटरसाईकल दुर्घटनामा गम्भिर घाईते बनेर अपांग बनेका निर्देशक तथा कलाकार पवन मैनाली नचाहेरै चलचित्रबाट टाढिनु पर्‍यो। हाल लाजिम्पाटस्थित नेपाल पब्लिक केयर सोसाईटीमा रहेका उनको चलचित्रमा अभिनय गर्ने रहर अझै पनि मरेको रहेनछ। त्यो उदाहरण अहिले पवनले देखाएका छन्। उनले फ्लोरमा रहेको चलचित्र ‘सेतो बाघ’मा राजा राजेन्द्रको भुमिका निभाएका छन्। उनलाई आफ्नो हालको शारिरिक अवस्थाअनुसारकै भुमिकामा छायांकन गरिएको छ।

बर्षौ पछि अभिनयमा फर्किन पाएपछि उनले सेतो बाघ सेटमा सवैलाई रुवाउने गरी आफ्नो वेदना पोखेका थिए। उनलाई निर्देशक निर शाहले एक दिनको पुरै सुटिङमा सजिलैसँग अभिनय गराउन सफल भएका छन्। ४७ बर्षे पवन स्प्यास्टिक हेमोप्लेजियाको शिकार बनेका छन्। उनको रोग पुर्ण निको हुन सक्दैन। २०४९ सालमा चेतन कार्कीको फिल्म पहिलो प्रेम बाट कलाकारिता जिवन सुरू गरेका मैनालीले करिब १ सय को संख्यामा फिल्ममा अभिनय गरिसकेका छन्। दुर्घटना पूर्व उनले किशोर रानाको निर्देशनमा बनेको शिवशक्तिमा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu