३ सय करोडमा बनेको रणवीरको ‘ब्रह्मास्त्र’ ट्रेलर रिलिज



बलिउडको प्रतिक्षीत चलचित्र ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन् । उनीहरु शिवा र इशाको चरित्रमा प्रस्तुत छन् । २ मिनेट ५२ सेकेन्ड लम्बाईको ट्रेलरमा रणवीरसँग रहेको अदृश्य शक्तिले कसरी ब्रह्मान्डलाई खराब शक्तिसँग बचाउँछ भन्ने ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ ।

भिएफएक्सको अत्याधिक प्रयोग गरिएको ट्रेलरमा रणवीर र आलियाबीचको प्रेम र रोमान्सलाई पनि देखाइएको छ । चलचित्रमा अमिताभ बच्चन, नागार्जुन अक्किनेनी र मौनी रोयको पनि मुख्य भूमिका छ । ट्रेलरमा अमिताभ र नागार्जुन ब्रह्मान्डको रक्षा गर्दै देखिएका छन् भने भने मौनी नकारात्मक भूमिकामा प्रस्तुत छिन् । अयान मुखर्जीले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् ।

तीनवटा भागमा निर्माण हुने ‘ब्रह्मास्त्र’को पहिलो पार्टलाई ‘शिवा’ उपनाम दिइएको छ । आगामी ९ सेप्टेम्बरमा चलचित्र रिलिज हुनेछ । यो चलचित्र ९ वर्षदेखि पाइपलाइनमा थियो । ३ सय करोडमा बनेको चलचित्रलाई करण जोहर, अपूर्व मेहता, नमित मल्होत्रा ​​र मुखर्जीले धर्मा प्रोडक्सन, प्राइम फोकस र स्टारलाइट पिक्चर्सको ब्यानरमा स्टार स्टुडियोसँगको सहकार्यमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu