थारु पहिरनमा सागर र यमुनाको नृत्य



काठमाडौं । झण्डै दुई सय भिडियोमा अभिनय गरिसकेका कलाकार सागर लम्साल (बले) ले पहिलो पटक थारु जातिको पोशाक लगाएर म्यूजिक भिडियोमा अभिनय गरेका छन् । बुधवार ‘बैंश दिन नमिल्ने सापटी’ गीत सार्वजनिक कार्यक्रममा उनले भने, ‘थारु समुदायसँग नजिक छु तर यो किसिमको पोशाक लगाएर नृत्य गर्ने अवसर अहिलेसम्म नमिलेपनि यो भिडियोबाट यो चाहाना पनि पुरा भएको छ ।’

सागरले चितवनको थारु समुदायमै पुगेर भिडियोको छायांकन गर्दाको अनुभव साटेका थिए । भिडियोमा सागरसँगै यमुना रसालले नृत्य गरेकी छिन् । भिडियोको मेकिङ कन्सेप्ट भने कोरियोग्राफर तथा निर्देशक काजिश श्रेष्ठको हो । चितवनका बिभिन्न ठाउँमा पुगेर मौलिक पन दिन खोजिएको काजिशको भनाई छ ।

‘यसअघि पनि मैले केहि भिडियोमा थारु समुदायमै पुगेर छायांकन गरेको छु । तर सागर जीसँगको यो मेरो तेस्रो सहकार्य हो,’ काजिशले भने । ‘चितवनको गर्मिमा दुईदिन लगाएर भिडियो छायांकन गरेका हौँ ।’ गीतमा यज्ञ बिक र अस्मिता अधिकारीको स्वर रहेको छ । कार्यक्रममा गायक यज्ञले आफ्नो गीतको अडियोलाई भिडियोले पुर्णरुपमा न्याय दिएको बताए । उनले भने, ‘मैले अडियोमा जसरी मिहिनत गरेको थिएँ त्यो अनुसारकै भिडियोको टिमले पनि मिहिनत गरिदिनुभयो र आज राम्रो भिडियो बन्यो ।’

भिडियोकी कलाकार यमुनाले पनि आफूले पहिलोपटक फरक अनुभव लिएको सुनाइन् । गीतमा यज्ञकै संगीत रहेको छ । नेत्र अर्यालले शब्द लेखेका हुन् । सुनिल परियारले संगीतको एरेन्ज गरेका छन् । भिडियो राजेश घिमिरेले खिचेका हुन् भने दीपक बिष्टलेको सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu