श्रीलाई फकाउँदै आर्यन



काठमाडौँ । गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै सराव भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् । महाराज थापाको संगीत संयोजना रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ । निकै तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमीकालाई फकाउने कथा बुनिएको छ ।

थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्य सहित बनाइएको भिडियोमा सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक कबिराज गहतराजले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu