आज विश्व संगीत दिवस, शुभकामनामा नै सिमित नेपाली संगीतकर्मी



काठमाडौं। विश्व संगीत दिवस पहिलो पटक सन् १९८२ मा फ्रान्समा तत्कालीन फ्रान्सेली संस्कृति मन्त्री ज्याक लान्जको आयोजनामा मनाइएको थियो । विश्व संगीत दिवसको पहल र आयोजना गर्न मौरिस फ्ल्युरेटको मुख्य हात थियो । उनी पेशाले फ्रान्सेली संगीतकार, संगीत पत्रकार र रेडियो निर्माता थिए । फ्रान्सले यसलाई एक कार्यक्रमको रूपमा मान्यता दिएपछि यो विश्वव्यापी उत्सव बनेको हो । आजको दिनलाई संगीतमा विकसित कैयन देशहरुले ठूलो उत्साहका साथ विश्व संगीत दिवस मनाउने गर्छन् ।

नेपालमा यहि दिवसलाई आधार मानेर अलग्गै कार्यक्रमहरु नराखिएता पनि संगीतकर्मीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । नेपाली संगीतकर्मीहरुले आज बिहानैदेखि सोसल साइटहरुमा विश्व संगीत दिवसको शुभकामनाहरु पोस्ट गरिरहेका छन् । संगीत सम्बन्धित केहि संघ संस्थाहरुले भने आन्तरिक रुपमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छन् ।

विभिन्न देशहरुले राज्यस्तरबाट नै विश्व संगीत दिवस मनाईरहँदा नेपालमा भने राज्यलाई संगीतको महत्व नै थाहा छैन । बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपालमा संगीतको सँस्कृति विकास हुन नसकेको कारण राज्यले संगीत दिवसलाई वास्ता नगरेको बताए । ठुलोपर्दासँगको कुराकानीमा बास्कोटाले भने, ‘नेपालमा संगीतको सँस्कृति विकास हुन नै सकेको छैन । मेरो समयमा संगीतलाई राज्यस्तरबाट सम्बोधन गराउन म लगायतले निकै कोशिस गर्‍यौं तर सम्भव रहेन । अव संगीतलाई बोकेर हिँड्ने सबै संघसंस्थाहरु एकठाउँ उभिएर राज्यलाई झकझकाउन अबेर भईसकेको छ ।’ बास्कोटाले संगीतले विश्वशान्तिको सन्देश प्रवाह गर्ने भएकोले राज्यले बिशेस ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu