र्‍याप ब्याटलको नयाँ शो ‘ब्याटल भुमी’ आयोजना हुँदै



काठमाडौं। र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को टिमले नयाँ शोको घोषणा गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो ।

‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन् । २२ जुन बेलुका ५ बजे देखी २ जुलाईसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ । सहभागीता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट www.nepalrap.com मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोखरेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । यसमा निर्णायकको रूपमा मानस घले, कवि जी रहेका छन् भने अर्का एक घोषणा भएका छैनन् ।

श्रावणबाट ओे.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई रु ५,००,००० नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu