काठमाडौं आएका अनुपमले गरे पशुपतिनाथको दर्शन



बलिउड अभिनेता अनुपम खेर काठमाडौं आएको बेला पवित्र स्थल पशुपतिनाथको दर्शन गर्न कहिल्यै छुटाउँदैनन् । २०७१ सालमा एक स्कूलमा पढ्ने विद्यार्थीका लागि सहयोग जुटाउने अभियानमा सहभागी हुन आउँदा होस् वा गत वर्ष नेपालको हिमाली क्षेत्रमा छायांकन भएको चलचित्र ‘उचाईं’का लागि काठमाडौं आउँदा, उनले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेका थिए ।

‘उचाईं’को छायांकनका लागि नेपाल आउँदा उनले पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्दै धार्मिक स्थल पशुपतिनाथमा दर्शन गर्ने सौभाग्य प्राप्त भएकोमा खुशी व्यक्त गरेका थिए । उनले एकपटक फेरि काठमाडौं आएको मौकामा पशुपतिनाथको दर्शन गरेका छन् । बिहीवार उनले पशुपतिनाथको मूल गेट अगाडि उभिएर बनाएको एक भिडियो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् ।

भिडियोमा अनुपमले भनेका छन्, ‘आज एकपटक फेरि मलाई काठमाडौंमा रहेको भगवान् पशुपतीनाथको मन्दिरमा प्राथना गर्ने अवसर प्राप्त भयो । यो मन्दिर र यहाँको शिवलिङ्ग हजारौं वर्षदेखि छ । यहाँ आउन पाउँदा मनलाई शान्ति त मिल्छ नै, उर्जा पनि प्राप्त हुन्छ । मानिसहरुको भीडभीड, पूजाआजा, जय भोलेनाथ, हर हर महादेव भनेको सुन्दा मनलाई निकै शान्ति मिल्छ ।’

एक कार्यक्रममा सहभागी हुनका लागि उनी बुधवार काठमाडौं ओर्लिएका थिए । बिहीवार विहानै पशुपतिनाथ मन्दिरको दर्शन गरेका उनी बिहीवार साँझ स्वदेश फर्किएको जानकारी प्राप्त छ । पछिल्लो रिलिज चलचित्र ‘द कश्मिर फाइल्स’को सफलता र यसमा गरेको बुलन्द अभिनयले अनुपम चर्चाको केन्द्रमा छन् । उनी बलिउडले पाएको एक अनुपम उपहार हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu