कुनै चलचित्र जुध्न आएर ‘डिभोर्स’लाई फरक पर्दैनः पन्थ



divorce-ad-2

[dropcap][/dropcap]ही चैत्र २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डिभोर्स’ पछिल्लो समय चर्चामा रहेको चलचित्र मध्येको एक हो । सामाजिक तथा पारिवारीक त्यो पनि यथार्थ कथा उठाएको यो चलचित्रलाई ‘उर्वशी’ निर्देशक मनिष पन्थले निर्देशन गरेका छन् । चलचित्रले यथार्थ कथा उठाएकोले तथा हर-तरहबाट चलचित्र राम्रो बनाउने प्रयास गरेकोले दर्शकको साथ पाउनेमा आफुहरु पुर्णत आशावादी रहेको निर्देशक पन्थ बताउँछन् । यसअघि नै सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट’ पाएको यो चलचित्र पुर्णत पारिवारिक चलचित्र भनिएको छ ।

पछिल्लो समय ‘सेक्सुअल’ बिषय उठाएका प्रायः धेरै चलचित्र पारिवारका सदस्यहरु सँगै बसेर हेर्न नमिल्नेसम्मका बनेका भन्ने आरोप लागिरहँदा निर्देशक पन्थ भने आफ्नो चलचित्र ‘डिभोर्स’ त्यस्तो नभई परिवारका सबै सदस्य सँगै बसेर हेर्न मिल्ने बनेको बताउँछन् ।  यसअघी नै पोखरा, पाल्पा, स्याङ्जा लगायतका पश्चिमाञ्चलका बिभिन्न जिल्लाहरुमा सम्पन्न च्यारिटी सो बाट पाएको दर्शकको प्रतिक्रियाबाट उत्साहित भएको बताउने निर्देशक मनिष ‘डिभोर्स’ संग जुनकुनै चलचित्र जुधेपनि कुनै फरक नपर्ने बताउँदै राम्रो चलचित्र बनेमा दर्शकको साथ पाउन गार्हो नहुने तर्क गर्छन् ।

चलचित्रको ‘पब्लिसिटी’को लागी कुनै कसुर बाँकी नराखेको बताउँदै केहि दिन अगाडी मात्रै प्रचार-प्रसारको क्रममा मोफसलमा पुगेर फर्केका निर्देशक पन्थ नेपाली चलचित्र हेर्नुपर्छ भन्नै सबैमाझ चलचित्रको बारेमा पुर्ब जानकारी पुर्याउन आफुहरु लागिरहेको बताउँछन् ।  यसैबीच निर्देशक पन्थले ‘डिभोर्स’ चलचित्रलाई अहिले सम्म नेपाली चलचित्रले उठाएको बिषय भन्दा फरक पृष्ठभूमीमा तयार भएको चलचित्र भनेका छन । आफ्नो निर्देशनमा तयार चार चलचित्र मध्ये बिल्कुलै फरक पाटोमा तयार चलचित्र बताउने पन्थले यो चलचित्र नेपाली चलचित्रले हाल सम्म उठाएको बिषयभन्दा फरक बिषयमा बनेको दाबी गरेका हुन् ।

हरेक पाटोबाट चर्चामा आएको यो चलचित्र कस्तो बनेको छ र दर्शकले कसरी लिन्छन भन्ने कुरा भने चलचित्र प्रदर्शनको मिती पछी नै थाहा होला, जे होस यती भन्न सकिन्छ कि, निर्देशकले भने जस्तै चलचित्र राम्रो बनेको भए चाही दर्शकको रोजाईमा ‘डिभोर्स’ पक्का पनि पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu