यस्तो बन्यो रणबीर कपूरको ‘शमशेरा’ ट्रेलर



बलिउड चलचित्र ‘शमशेरा’को दमदार ट्रेलर ट्रेलर सार्वजनिक भएको छ । रणबीर कपूर, वाणी कपूर र सञ्जय दत्तको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा रणबीरको भिन्न लुक्स र अभिनय बलुन्द छ । उनी चोरको भूमिकामा प्रस्तुत छन् । त्यस्तै, नकारात्मक भूमिकामा सञ्जय दत्त छाएका छन् । उनको लुक्स र अभिनयले ट्रेलरलाई बलशाली बनाएको छ ।

भिएफएक्सको अत्याधिक प्रयोग गरिएको ट्रेलरमा वाणी कपूरलाई नृत्यांगनाको रुपमा प्रस्तुत गरिएको छ । रणवीरसँग उनको लभ केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ । उनीहरुले पहिलो पटक एकसाथ स्क्रिन शेयर गरेका हुन् । यो चलचित्र १८ सयको दशकमा आफ्नो अधिकार र अंग्रेजसँग स्वतन्त्रको लडाईं लड्ने जनजाती चोरको कथा हो ।

लद्दाखमा छायांकन भएको चलचित्रलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा आशुतोष राणा, सौरभ शुक्ला, रोनित रोय र त्रिधा चौधरीको पनि मुख्य भूमिका छ । २२ जुलाईमा प्रदर्शनमा आउने चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu