राजेश पायलको स्वरमा ‘खुशीका मुहान’ सार्वजनिक



काठमाडौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुशीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राज मुकारुङको शब्द रहेको छ भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । एआरको प्रस्तुतीमा बनेको गीत काठमाडौमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । प्रेमिल जोडीको जीवनमा आउने जातीय अवरोधको सेरोफेरोलाई सुरजले गीतको स्टोरीअनुसार प्रस्तुत गरेका छन् । मोडल नग्मा श्रेष्ठ र सागर थापा ध्रुव म्युजिक भिडियोमा फिचर्ड छन् ।

नग्मा र सागरको जोडीलाई तारिफयोग्य काम गराएका छन्, निर्देशक सुरजले । उनले गीत जस्तै भिडियोपनि राम्रो बनेकाले दर्शकको प्रतिक्रियाको पर्खाइमा रहेको बताए । भिडियोमा फराज अर्पणको डिओपी, बिशाल थापाको सिनेमाटोग्राफी र ज्वाला राईको सम्पादन र कलर छ । गीतमा साहस शाक्यको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ, मास्टरिङ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu