‘नेफ्टा’को आग्रह ‘नोभेम्वर रेन’लाई बाल मतलब



बैकुण्ठराज पराजुली। चलचित्र ‘नोभेम्वर रेन’लाई सोलो रिलिजको लागी अवसर दिनु भन्दै ‘चलचित्र प्राबिधिक संघ’ (नेफ्टा)ले गरेको आग्रह निर्माता सुबास गिरीले लत्याईदिएका छन् । यही चैत्र १४ बाट प्रदर्शनमा आउने भनिएको सो चलचित्रलाई सिङ्गल रिलिजमा आउन दिनु बन्दै नेफ्टा अध्यक्ष मनोज केसीले गरेको आग्रह ल्याईदिंदै मिती सारेर आंफै यसअघी नै रिलिज डेट तोकिसकेका दुई चलचित्रसंग भिड्न ‘नोभेम्वर रेन’ बैसाख १२ मा पुगेको छ ।

स्रोतका अनुसार बिभिन्न कारण देखाउँदै मिती सारिएता पनि ‘नोभेम्वर रेन’ टिमले ‘नेफ्टा’को आग्रहलाई ‘बाल मतलब’ नदिएर यो बारेमा कुनै जानकारी पनि गराएन । शनिवार चलचित्रको निर्माण युनिटले राजधानीमा आयोजना गरेको होली बिशेष कार्यक्रममा एक्कासी चलचित्र प्रदर्शनको नयाँ ‘डेट’ घोषणा हुँदा नेफ्टा अध्यक्ष मनोज केसी जिल्ल परेका थिए । तर उनले सो कार्यक्रममा समेत सुवास गिरीको गुनगान गाउन छाडेनन् ।

पत्रकारले यो बारेमा जिज्ञासा राखेपछी उक्त कार्यक्रममा सय्चारकर्मीको समुहमा बसेका केसी उद्घोषकको अग्रह बिना नै मञ्चमा चढेर माईक माग्दै उत्तर दिन थालेपछी कार्यक्रम हल हाँसोले गुञ्जायमान भएको थियो । स्मरण रहोस् मनोज केसीले उत्तर दिउन भनेर कसैले यो बारेमा जिज्ञासा राखेको थिएन केवल निर्माण युनिटको पक्षबाट जानकारी मागिएको मात्र थियो । प्रायः जसो कार्यक्रममा नेफ्टा अध्यक्षको तर्फबाट भन्दै आसन ग्रहण गराईने भएपनि शनिवारको ‘नोभेम्वर रेन’ को कार्यक्रममा भने नेफ्टा अध्यक्ष मनोज केसीलाई सञ्चारकर्मीको समुहमा राखीएको थियो ।

subash-manoj

नेफ्टाको आग्रहमा बेवास्ता गर्दै कुनै जानकारी बिना नै नयाँ मिती तोकिएपछी यसअघी नेफ्टाले गरेको आग्रह केवल मलेशियामा सम्पन्न ‘नेफ्टा अवार्ड’ पछीको सम्बन्ध सुधारको लागी सुवास गिरीलाई फकाउने नियतीमा मात्रै त्यो विज्ञप्ती आएको प्रष्ट भएको छ । नेफ्टा अवार्ड सफल बनाउने एक हिस्सेदार गिरीको बिपक्षमा यसअघी नै नेफ्टा अध्यक्ष केसीले अनेकन आरोप लगाउँदै आएका थिए । अर्को कुरा यसअघी नै के स्पष्ट थियो भने नेफ्टा अवार्डमा सघाएकोले निर्माता गिरीको गुन तिर्न भन्दै ‘नोभेम्वर रेन’लाई सिङगल रिलिजको लागी सबैलाई आग्रह गरिएको भन्नै उक्त ‘प्रेस विज्ञप्ती’मा कही कतै पनि नेफ्टा अवार्डमा सुवासले सघाएको भन्ने कुरा उल्लेख छैन् ।

सुवास गिरी र मनोज केसीको सम्बन्ध थप चिसो बन्दै जानु पनि चलचित्र सर्नुको अर्को कारण हो । किनकी कुनै पनि चलचित्रको निर्माताको बारेमा कसैले भएर वा नभएर पनि गलत हल्ला फैलाउँछ भने त्यसको प्रत्यक्ष असर समग्र चलचित्रप्रेर्मी तथा चलचित्रमा परेको हुन्छ । त्यसले यसको सत्यता त तब बाहिर आउने छ जब निर्माता सुवास गिरीले नेपाल आएर पत्रकार सम्मेलन गर्दै यसबारे प्रष्ट्याउनेछन् । स्रोतका अनुसार गिरी यही चैत्र ७ गते नेपाल आउने तयारीमा छन् । यसपछी पक्का पनि थप ‘क्लियर’ हुनेछ कि गिरीलाई फकाउनको लागि नेफ्टा अध्यक्ष मनोज केसीले आफुँ गौण बन्दै महासचिवको नाममा निकालेको विज्ञप्तीको खिल्ली निर्माता गिरीले कसरी उडाईदिए भनेर ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu