काठमाडौंमा ‘बहुभाषिक नाट्य उत्सव’ शुरु



काठमाडौं। असार १२ देखि १८ गतेसम्म चल्ने ‘बहुभाषिक नाट्य उत्सव २०७९’ शुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा शुरु भएको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरुमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चनका हुनेछन् ।

आइतबारबाट शुरु नाट्य उत्सव कुञ्ज थिएटर थापागाउँमा ७ दिनसम्म चल्नेछ । नाट्य उत्सवमा लाप्चा उत्थान मञ्च ईलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिडि’, पुरानो घर समूह (रौतहट) को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’, रङ्गभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटर (ललितपुर) को पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रङ्गमञ्च (इलाम) को लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला) को अवधि भाषाको ‘कुटिरो’ मञ्चन हुँदैछन् ।

नाट्य महोत्सवको पहिलो दिन सोङकित लाप्चा निर्देशित नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu