आलिया र रणबीर माता-पिता बन्दै



अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूर सन्तानको माता-पिता बन्ने भएका छन् । सोमवार आलियाले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । सोमवार अस्पतालमा भिडियो एक्स-रे गरेको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै उनले लेखेकी छन्, ‘हाम्रो बच्चा चाँडै आउँदैछ ।’ तस्विरमा उनको साथमा रणबीर कपूर पनि देखिएका छन् । यतिबेला उनीहरु लण्डनमा छन् ।

५ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले १४ अप्रिल २०२२ मा विवाहमा परिणत गरेका थिए । रणबीर र आलियाको विवाहमा नजिकका साथीभाई र परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । चलचित्र ‘ब्रह्मास्त्र’को सुटिङ सेटबाट एकअर्कासँग नजिक भएका उनीहरु त्यहीँबाट प्रेम सम्बन्धमा डुबेका थिए । विवाह अगाडि आलियाले रणवीरलाई आफ्नो क्रश बताउने गरेकी थिइन् ।

रणबीर र आलियाले पहिलो पटक चलचित्र ‘ब्रह्मास्त्र’मा एकसाथ काम गरेका हुन् । ९ सेप्टेम्बर २०२२ मा रिलिज हुन लागेको यो चलचित्रमा अमिताभ बच्चन, नागार्जुन र मौनी रोयको पनि मुख्य भूमिका छ । आमा बन्न लागेको जानकारी दिँदै गर्दा तस्विरमा खुशी मुद्रामा देखिएकी आलिया अहिले बेलायतमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय चलचित्र ‘हार्ट अफ स्टोन’को छायांकन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu