थानेश्वर र शान्तीश्रीको स्वरमा ‘एउटा कथा’ गीत सार्वजनिक



गायक थानेश्वर गौतम र गायिका शान्तीश्री परियारको स्वरमा ‘एउटा कथा’ बोलको गीत सार्वजनिक गरिएको छ । हिट गीत ‘छुट्नलाई पो रैछ क्यारे’को अध्याय २ को रुपमा सार्वजनिक गरिएको ‘एउटा कथा’ गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत, कमल सौरागको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।

रामजी लामिछानेको निर्देशनमा तयार भिडियोमा अभिनेता पुष्प खड्का, अभिनेत्री रुबिना थापा र मोडल सुधिर श्रेष्ठको अभिनय हेर्न सकिन्छ । गीतको अडियो र भिडियो दुवै मर्मस्पर्शी छ ।

मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । कृष्ण केसी प्रस्तुतकर्ता रहेको गीत ‘जननी नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतले युट्युबमा राम्रो भ्युजसहित सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu