‘हानिकार माया’ गीतमा अनुको मायामा डुबेका पुष्प



अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसीले सार्वजनिक गरेको ‘डाँडाघरे साइली’ बोलको गीतले ठूलो चर्चा बटुल्यो । आफ्नो मन युट्युब च्यानलबाट सार्वजनिक यो गीतसँगै ‘लुम्ले काँडामा, जाले रुमाल, पाउडर किरिममा, भिटामिन यू’ लगायतका गीतले दर्शकको मन जितेका छन् ।

उनै, कृष्णले आफ्नै शब्द तथा संगीतमा ‘हानिकारक माया’ सार्वजनिक गरेका छन् । यो गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ ।

भिडियोमा प्रताप र एलिनाले पनि अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय छ ।

भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ । भिडियो र गीतले सार्वजनिक भएको केही दिनमै दर्शकको माया पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu