आदिकवी भानुभक्त आचार्यप्रति समर्पित गीत सार्वजनिक



काठमाडौं । आदिकवी भानुभक्त आचार्यप्रति समर्पित गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सन्च मान राईको शब्द रहेको गीतमा किरण गज्मेरको स्वर रहेको छ । गीतमा विश्वास गुरुङको संगीत रहेको छ ।

बि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकवीको रुपमा परिचित छन् । आचार्यको बि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो । उनै आदिकवी आचार्यको जीवनीका बारेमा सोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले केके पाए भन्ने बिषयमा भिडियो तयार गरिएको छ ।

गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियो प्रकाश दाहालले निर्देशन गरेका हुन् । भिडियो कोरियाग्राफ केशव राज भट्टको रहेको छ । भिडियोको एसोसियट डाइरेक्टरको रुपमा लोकराज अधिकारी रहेका छन् । लोकराजले भिडियोमा पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu