‘लिलु’ गीतमा सुदुरपश्चिमको छाउपडी प्रथाको कथा



सुदुरपश्चिमका जिल्लाहरुमा अहिले पनि व्याप्त छाउपडी प्रथाको विषयमा एल.पी शर्मा र गौरब गिरीको टिमले ‘लिलु’ गीत तयार पारेको छ । अछामसहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथामा गीत बनेको छ ।

गीतमा मुख्य पात्र लिलुले पहिलो पटक आफु छाउ भएको सपना देख्छिन् । दोश्रो दिन उनी स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउँछिन् । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न हुँदैन भन्छिन् । लिलुले आफुलाई गाँस, कपास दिए पनि बास नदिएको कुरा गीतमा व्यक्त गर्छिन् । ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् र उनको मृत्यु हुन्छ ।

गीतमा एल.पी. शर्मा र गौरव गिरीको शब्द छ भने पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको छ । गितमा संगीत रोहित देउवाको रहेको छ । एचबिएन किस्मतले एरेञ्ज गरेको गित वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन् । गीतमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा, भद्र जंग कुवँर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपती कुवँरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन गौरब गिरीले नै गरेका हुन् ।

आइतबार काठमाडौंको मोजो बुटिक एण्ड रेष्टुरेन्टमा एक कार्यक्रमका बिच सार्वजनिक ‘लिलु’ गीतबारे प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छाउपडी प्रथा रोक्नका लागी सरकारी तबरबाटै जोड गर्नुपर्ने बताइन् । उनले नेपाली समाजमा अझै पनि छोरा र छोरी बिचको भेदभाव रहेकाले दुबैलाई समान रुपमा लिन सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu